सुरक्षित यात्राको लागी चालक तथा सह-चालकलाई फुलको माला

विदुर – “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना” भन्ने मुल नाराका साथ आज यात्रुहरुलाई सुरक्षितरुपमा यात्रुहरुलाई गन्तव्यसम्म पुराउन चालक तथा सह–चालकलाई आज सयपत्रि फुलको माला लागाई शुभयात्रा तथा शुभकामना दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक कार्यालय नुवाकोटको संयुत आयोजनामा विदुर नगपालिका–४ स्थित बट्टार बजारमा भएको सो कार्याक्रमममा नजिकिदै गरेको बिजया दशमी तथा शुभदिपावली र छठ पर्वको अवसरमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी–साधनहरुमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित गन्तव्यसम्म लैजान चालक र सह–चालकलाई आज ट्राफिक नियम र सुरक्षित यात्रा कसरी गर्ने भन्नेबारे जानकारी दिदै फुलको माला लगाई शुभयात्रा तथा चेतना मुलक सुचना दिएका छन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सवारी चालकहरुलाई सव्य र अनुसाशित भएर यात्रा गर्न निर्देशन दिदै चालकहरुलाई फुल माला लगाई दिएका छन् । प्रजिअ पोखरेल भन्नु हुन्छ “ चालकहरुले यात्रा गर्दा यात्रुहरुको भावनालाई बुझनु पनि एक सच्चा चालक तथा सह–चालकको कर्तव्य हो । तपाईहरुलाई यात्रुहरुले बिश्वास गरेर सवारी साधनमा यात्रा गरेको हुन्छन् । उहाँहरुको मनोवललाई निराश नबनाउनु होला । चालकहरुले यात्रा गर्दा ट्राफिक नियमको पालनना गर्ने, मादकपदार्थ सेवन नगरी सवारी साधन चलाउने गरो भने दुर्घटना हुदै हुदैन” ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्रले भन्नु हुन्छ । “यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुराउनु एक इमान्दार चालकको बिशेष भुमिका र आफनो जिम्मेवारी हो । तपाईहरुले आफनो साधनको अवस्था कस्तो छ साधन चलाउनु पुर्व एक पटक चेकजाच गरी साधन चलाउनु होला । मादकपर्दाथ सेवन नगरी बिस्तारै सिमित गतिमा साधन चलाउदा आफनो र यात्रुहरुको समेत सुरक्षा हुनेछ” । उहाँले भन्नु भयो ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रहरी नायव निरीक्षक बिकल भट्टराईका अनुसार सुरक्षित यात्राको लागी चालकहरुलाई ट्राफिक नियम सम्बन्धि समय, समयमा जानकारी दिदै आएको बताउनु भयो । प्रहरी नायव निरीक्षक भट्टराई भन्नु हुन्छ “आज हामीले ५० वटा साना तथा ठुला सवारी साधनका चालक र सह–चालकलाई शुभयात्रा दिदै ट्राफिक नियमको सुचना दिई फुलमाला लगाई यात्राको लागी बिदाई गररेका छौ” ।


Your Views
Related News