ए सिड आ क्रमणमा परेकी मुस्कानलाई बलिउड सुपरस्टार अमिताभले पठाए यस्तो भिडियो सन्देश

ए सिड आ क्रमणमा परि घाइते भएकी मुस्कान खातुनलाई बलिउडका सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाउएक छन् । खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापामार्फत अमिताभले भिडियो सन्देश पठाएका हुन् ।

कीर्तिपुर अस्पतालमा उपचार गराई रहेकी मुस्कानलाई अभिनेता अमिताभले मुस्कानलाई सम्बोधन उज्वलले हेरचाह गरिरहेका छन् तपाई चाडै निको हुनुहोस भन्दै एक छोटो भिडियो संदेश पठाएका छन् ।

अमिताभले भिडियोमा भनेका छन, ‘जुन घटना तपाईलाई भयो त्यस्तो घटना कुनै पनि छोरि चेलीलाई नहोस । यो निकै दर्दनाक भयो । तपाईको देशको कानुन अनुसार दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरि कडा भन्दा कडा कारवाही होस् म यहि चाहन्छु । उनले भनेका छन्, ‘मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईको अनुहारमा निरन्तर मुस्कान छाई रहोस ।’

मुस्कान खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । उनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर भागेका थिए ।


Your Views
Related News