काठमाडौं, १९ असार । गायक धीरज राईले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियान लामो समयदेखि चलाइरहेका छन् । यसको प्रचार गर्न विभिन्न ठाउँमा कन्सर्ट पनि गरिरहेका छन् त्यसकारण पनि हुनु पर्छ अहिले उनको नयाँ गीत बजारमा आएको छैन ।

यसै क्रममा गायक राईले अहिले आएर एउटा नयाँ कुराको खुलासा गरेका छन् । आफूले ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भनेर पढ्न अस्वीकार गर्दा कलेजबाट निकालिएको बताएका छन् ।उनले भनेका छन्, ‘मास्टर्स पढ्दा कोर्समै बुद्ध भारतमा जन्मेको भनेर राखिएको रहेछ । त्यस्तो होइन, बुद्ध नेपालमै जन्मेका हुन् भन्दा म आफैँ कलेजबाट निकालिएँ ।

उनले बुद्धसम्बन्धी भ्रम छर्ने पाँच सय किताब जलाएको पनि बताए ।


Your Views
Related News