गोप्य विवाह गरेका चर्चित पप गायक जस्टिन बिबरले गरे पुर्नविवाह

एजेन्सी । अमेरिकी चर्चित पप गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्। साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग यहि सेप्टेम्बर ३० मा परम्परागत रुपमा पुनर्विवाह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा पत्नी मोडल बाल्डविनसँगको पुनर्विवाहको फोटो सेयर गरेका छन्। विवाह समारोहमा मोडेल केन्डल जेनर, क्यामिला मोरोन र जोन स्मिल्स, क्याइली जेनर जाडेन स्मिथ, जस्टिन स्काई र स्कुटर ब्राउनसहित १५४ जना पाहुना उपस्थित भएका थिए। यसअघि उनीहरुले सन् २०१८ सेप्टेम्बर १३ मा गोप्य विवाह गरेका थिए। उनीहरुको पहिरो भेट सन २०१५ मा भएको थियो ।


Your Views
Related News