मानिसहरु विहान उठेपछि तातो पनि अथवा चिया,कफी पिउने गर्छन। सबैले आफ्नो आफ्नो मन पर्ने स्वद अनुसार दुध चिया,कफी,ब्लाक कफी,लेमन टि,अदुवा पनि पिउने गर्दछन । जसले स्वास्थ्यमा आफ्नो किसिमको फाइदा गरिरहेको हुन्छ । ति मध्ये ल्वाङ राखेको चिया पनि स्वास्थ्यको लागि अतिनै फाइदाजनक हुन्छ । यसले शरीरका अनेक समस्यालाई पनि ठिक गर्दै लैजान्छ । ल्वाङ चियाका पिउनुका फाइदाहरु थाहा पाइराख्नुहोस:

– गिजामा समस्या छ भने ल्वाङ हालेको चिया पिउनु फाइदाजनक हुन्छ । ल्वाङ हालेको चिया नियमित सेवन गर्नाले गिजा र दाँतसँग सम्बन्धित समस्यामा राहत मिल्छ । यसले मुखमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ ।

-ल्वाङमा म्याग्नेसियम पाइन्छ । जसले ब्याक्टेरियल इन्फेक्सनबाट जोगाउँछ । साथै इम्यूनिटी पनि बढाउँछ ।

-ल्वाङ चिया पिउनाले पेट सम्बन्धी समस्यामा पनि राहत मिल्छ । यदि तपाईमा एसिडिटी र पेट दुख्ने समस्या छ भने ल्वाङ चियाको प्रयोग फाइदाजनक हुन्छ ।


Your Views
Related News