ला गुऔ षध नियन्त्रण ब्यूरोद्वारा ला गुऔ षधसहित पाँच जना पक्राउ

काठमाडौँ, १६ असोज । नेपाल प्रहरीको ला गुऔ षध नियन्त्रण ब्यूरोले ला गुऔ षधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ला गुऔ षध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले ला गुऔ षध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका पाँचैजना एकै समूहको भएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

पक्राउ परेकासँग प्रहरीले एक किलोग्राम ४५० ग्राम मेथ एम्फेटामाइन तथा १०० ग्राम खात जस्तो देखिने लागुऔषध बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ


Your Views
Related News