काठमाडाैं, १९ असाेज / न्यूज २४ का समाचार प्रमुख वरिष्ठ पत्रकार तथा प्राध्यापक राजेन्द्र देव आर्चायको निधन भएको छ । शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा ६१ वर्षकाे उमेरमा उहाँको नि*धन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँकाे कलेजाेमा समस्या आएपछि केही दिनअघि मात्रै वीर हस्पिटलमा उपचार गराएर घर फर्किनुभएको थियो । पुन: बिरामले च्यापेपछि शनिबार उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँ नेपाल टेलिभिजनको पूर्वसमाचार प्रमुख पनि हुनुहुन्थ्यो । तनहुँमा जन्मिनुभएका वरिष्ठ पत्रकार तथा प्राध्यापक आर्चाय नेपाल टेलिभिजनमा स्थापना-कालदेखि नै कार्यरत हुनुहुन्थ्यो ।

दुई वर्षअघि मात्रै नेपाल टेलिभिजनबाट रिटायर्ड हुनु भएको थियो । पछिल्लाे समय उहाँ न्युज- २४ टेलिभिजनमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्याे । उहाँ रत्न राज्य लक्ष्मी क्याम्पसका प्राध्यापक पनि हुनुहुन्थ्यो ।


Your Views
Related News