काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

१.नेपाल एयरलायन्स किन सँधै घाटामा हुन्छ ? कमजोर व्यवस्थापनका कारण नेपाल एयरलायन्सका अधिकांश हवाइजहाज ग्राउण्डेड छन् । सानो समस्या भएर ग्राउण्डेड भएका प्लेनहरु पनि बेलामा मर्मत नगार्दा झन् बिग्रिदै गइरहेका छन् । धेरै कमाउने भनि अन्तर्राष्ट्रिय उडानका लागि ल्याइएको वाइड बडी विमान १० दिन ग्राउण्डेड भयो । दसैंको मुखमा विदेशी एयरलायन्सलाई भ्याई/नभ्याई भइरहेका बेला वाइडबडी अन्नपूर्ण भने सेप्टेम्बर १७ देखि सेप्टेम्बर २७ सम्म १० दिन ग्राउण्डेड भयो । वाइडब डी नउड्दा दिनकै करोडौं रुपैयाँ घाटा लाग्यो एयलायन्सलाई ।

२.जिल्ला प्रशासन कार्यालय बारामा नक्कली कर्मचारी ! पावर र सेटिङ मिलाउने हो, भने यहाँ जे पनि हुन्छ, यसको उदाहरण हो जिल्ला प्रशासन कार्यालय बारा ! जिल्लाभरका कार्यालय र कर्मचारीको नियमनसमेत गर्ने प्रशासन कार्यालय मै कर्मचारीको सूचीमा छोराको नाम देखाएर बुबाले जागिर खाइरहेका छन्, भन्दा अचम्म लाग्न सक्छ ।

जिल्ला प्रशासन कार्यालय बारामा करार कर्मचारीका रुपमा राजेश राज उपाध्याय नेपाल नियुक्त छन् । तर, उनी कहिल्यै पनि कार्यालयमा देखिदैनन् । उनको नाममा जागिर खाइरहेका छन् उनकै बुबा रेवती नेपालले ! बुबा रेवती नेपाल, जिल्ला प्रशासन कार्यालय बाराबाटै अवकाश प्राप्त कर्मचारी हुन् । उनले अवकाश लिएपछि आफ्नै छोरालाई करार कर्मचारीका रुपमा राखेका थिए ।

३. साउथ अफ्रिका पठाइदिन्छु भन्दै लाखौं ठ’गी ! रोजगारीको अभावमा गाँउमा झुलिरहेका नवलपुरका युवाहरुले सा’उथ अ’फ्रिकामा से’क्युरिटी गार्डका लागि डिमाण्ड आएको खबर पाए । गाँउबाट आधा दर्जन युवाहरु काठमाडौ आए । बसुन्धारामा रहेको लक्ष्मी ओभरसिजमा पुगे । मेनपावर सञ्चालक बिष्णु जैरुले मासिक एक हजार डलर तलब हुने भन्दै २०७१ बैशाखमै दुई/दुई लाख रुपैयाँ मागे । एक सातामानै भिषा लागेर उड्ने आश्वसन पाए पछि गाँउबाट हतार–हतार ऋण खोजेर मे नपावरमा बुझाए । त्यसपछि वैदेशिक रोजगारीका लागि पैसा लिएको भन्ने उल्लेख गरिएको रसिद लिए ।


Your Views
Related News