काठमाडौं । विश्वको चर्चित एक विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । दक्षिण कोरियाको कोरियाको खाङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको हो

आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधि प्रदान दिएको हो ।

उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानको रूपमा लिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।’

प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनु भएको छ । ओलीले भन्नुभयो, ‘कोरिया सही नीति, सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च बिन्दुमा पुग्यो ।’

कोरिया भन्दा नेपाल केही समयपछि परेको उहाँको बुझाई रहेको छ । अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै कोरिया जत्तिकै विकसित हुने प्रधानमन्त्रीले विश्वास दिलाउनु भयो ।


Your Views
Related News