राजा कस्को जनताको भन्दै हजारौ ले राजाको हातबाट टीका लगाए (भिडियो हेर्नुहोस )
काठमाडौं, असोज २१ । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिएका छन् ।
पूर्वराजा शाहले आफ्नै निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट टीका थाप्नेको निर्मल निवासको मुख्य गेटअगाडि भीड लागेको थियो ।
पूर्वराजा शाहको हातबाट टीका थाप्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालगायत शुभेच्छुक र सर्वसाधारणहरु निर्मल निवास पुगेका थिए ।
गएको वर्षभन्दा यो वर्ष पूर्वराजाको हातबाट टीका थाप्न आउनेको संख्या बढी थियो ।
टीका थाप्न निर्मल निवास पुगेकहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई टीका
पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई टीकाhttps://imagekhabar.com/news/22154/-
Gepostet von ImageKhabar.com am Dienstag, 8. Oktober 2019