तिमाल, काभ्रेका रत्नमान तामाङ स्यानोमा ज्यादै जिज्ञासु थिए । आकाशमा उडिरहेका हवाई जहाज देख्दा आफ्नै मनसँग सोध्थे–कसरी उड्दो हो ? कसरी चलाउँदा हुन्?
जिन्दगीको लामो कालखण्डसम्म त्यो उत्सुकता मनमै रह्यो । जिन्दगी सोचेजस्तो हुन्न । तिमाल गाउँपालिका–४ ठूलो पार्सेलमा जन्मे/हुर्केका तामाङको घरमा दुःख थियो । एसएलसी परीक्षापछि कमाउनु पर्ने बाध्यतामा पुगे।
त्यतिबेला उनको गाउँका धेरैजना पर्यटनमा थिए । त्यसैले हारगुहार गरेर उनले भरियाको काम पाए । उनको पहिलो यात्रा थियो धनकुटाको हिलेबजारबाट भोजपुरको साल्पा भञ्ज्याङ हुँदै फाप्लुसम्म । ३० दिने पदयात्रामा उनले दिनको ८० रुपैयाँका हिसाबले ज्याला पाए।
त्यतिबेला (सन् १९९५ मा) सँगै पदयात्रामा गएका अमेरिकी मध्ये एक जोडी बुढाबुढीले उनलाई सोधे–‘तिम्रो उमेर कति वर्ष भयो ?’
१८ वर्ष–रत्नमानले जवाफ दिए।
‘तिमीले पढ्नु पर्दैन्’, बुढीआमाले सोधिन् ।
एसएलसी सकेर कलेज पढ्न पैसा जुटाउन भारी बोक्न आको हुँ–रत्नमानका कुरा सुनेर ती भावुक बनिन् । एस्, एस भनेर मुन्टो हल्लाइन् मात्र, केही बोलिनन्।
काठमाडौं फर्केपछि त्यो जोडीले उनलाई बोलायो । हातमा १५ हजार रुपैयाँ थमाउँदै भन्यो, ‘मिस्टर रत्नमान तिम्रो पढ्ने उमेर हो कलेज पढ।’ पूरा पढ्नुहोस…