सिन्धुपाल्चोक — यहाँको इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दु र्घट ना हुँदा ८ जनाको मृ त्यु भएको छ । ४० जना भन्दा बढी घा इते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थ लमै ६ जनाको र २ को अस्पताल लैजाँदै गर्दा मृ त्यु भएको हो। मृ तकको सनाखत भएको छैन।

उद्धारकार्यमा खटिरहेका भोटसिपाकै स्थानीय नविन गिरीकाअनुसार श व र घाइतेको धमाधम उद्धार भइरहेको छ। ‘एम्बुलेन्स नपाइएपछि घाइतेलाई यात्रुबस, बोलेरो सवारीबाटै उपचारर्थ लगिँदैछ, ५ श व निकालिएको छ भने, एउटा भित्रै चे पिएको छ,’ गिरीले भने।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षति ग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घ टनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’

कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घ टना भएको अनुमान छ।


Your Views
Related News