काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोमा नेपालको दुईदिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनफिंङ भारतको चेन्नईबाट प्रस्थान गरेका छन्। राष्ट्रपति सी चाईना एयरको विशेष विमानमा भारतको चेन्नईबाट दिउँसो २ बजे (नेपाली समय)मा काठमाडौ प्रस्थान गरेका छन् ।

राष्ट्रपति सी विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितको चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउदैछन् ।

चिनियाँ राष्ट्रपति सी विशेष विमानबाट आज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्।

राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने तयारी भएको छ ।


Your Views
Related News