५६ अर्ब आर्थिक सहयोग र टोखा–छहरे सुरुङमार्ग, जुन बनेपछि नुवाकोट काठमाडौं पानी पधेँरो!!
नेपाल भ्रमणको पहिलो दिन काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने कुरैले मात्रै पनि स्थानीयवासी खुसी भए ।नेपालका लागि विशिष्ट पाहुना रहेका विश्व शक्ति राष्ट्र चीनका राष्ट्रपतिले उनलाई स्वागतार्थ आयोजना गरिएको रात्रिभोजको सभालाई सम्बोधन गर्ने क्रममा विशेष गरी केरुङ काठमाडौं जोडिने सडक र तिनका विभिन्न स्थानमा आवश्यक सुरुङ मार्गबारे उक्त कुरा बोलेका थिए ।
दोस्रो दिन राष्ट्रपति सी स्वदेश फर्कनु अघि भएको दुई देशको उच्च स्तरीय वार्ता पछिको सहमति पत्रमा यी मुद्दा सम्बोधन पनि भएका छन् । तिनलाई समेटेर सम्झौता पत्रमा दुई देशका अधिकारीहरुले हस्ताक्षर समेत गरेका छन् । जुन हस्ताक्षर समारोहमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहित चिनियाँ राष्ट्रपति उपस्थित थिए ।
अवस्था कस्तो छ त ?
——————————–//——–
चीनको रेसुओपोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी एक सय किलोमिटर छ । छहरेदेखि टोखा २७ किमि छ । उक्त सडक साँघुरो छ । सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किरहने गरेको छ । यतिबेला त कामै नलाग्ने भएको छ।
सडक विभाग अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरुङ मार्ग निर्माण भए अझै सडक छोटो बन्ने सडक डिभिजनको दाबी छ ।
चीनले २०७१ मंसिर १५ मा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो । रेसुओपोर्टदेखि केरुङसम्मको दूरी २४ किमि रहेको छ ।
सुरुङमार्ग कति लामो ?
——————————//———-
यस अघि टोखा–छहरे सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन चाहिँ भएको बताउँछ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । यसको अध्ययन बाहेक अरू केही भएको छैन । तर, कस्तो किसिमको अध्ययन हो भन्ने चाहिँ अबको विकासको आवश्यकताले छुने हो वा हैन, त्यो भने मन्त्रालयकै अधिकारीलाई थाह छैन ।
सडक विभाग पनि अध्ययन भएको बताउँछ । तर, उनीहरुको अध्ययन कतिसम्मको पक्का छ भने उक्त सडक वा सुरुङ मार्गको दूरी कति हुने भन्ने पनि यकिन गर्न सकेको छैन ।
मन्त्रालय र विभागका अधिकारीहरूले अध्ययनकै क्रममा रहेकाले अहिले औपचारिक रूपमा भन्न नसकिने बताउँदै टार्ने गर्छन् । यो क्रम पनि केही वर्षदेखि चलिरहेकै छ ।
टोखा–छहरे सुरुङमार्गका हकमा भने यसको दूरी करिब ४ देखि ७ किमिसम्म हुन सक्ने सडक विभागका अधिकारीहरू अनुमान गर्छन् ।
सुरुङ मार्ग आफैंमा जटिल संरचना रहेकाले यतिबेलै भन्ने नसकेको बताउँछन् ।सडक विभागले निर्माण लागत बढे पनि दीर्घकालमा सुरुङ मार्ग सस्तो र समयको बचत हुने अनुमान सहित यस सडक अन्तर्गतका विभिन्न स्थानमा सुरुङ मार्गको वकालत गर्दै आएको छ ।
यतिमात्र हैन, विभागले चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्न कार्यक्रम र बजेट नै छुट्याएको जनाएको छ ।
यहाँ अध्ययन गर्ने इन्जिनियरहरु समेत कतिसम्म पक्का छन् भने यस अन्तर्गत कुन स्थान कस्तो छ, कहाँ कहाँ कस्तो जमिन र जंगल छ भन्नेबारे बेखबर छन् । तैपनि अध्ययन चाहिँ भएको छ भन्ने छाड्दैनन् प्राविधिकहरु ।
छहरे–टोखा सुरुङ मार्गको निर्माण हुने विन्दु नुवाकोटको छहरेदेखि साँढे ३ किमि दक्षिण पूर्वमा रहेको घट्टेखोलामा पर्छ । उक्त स्थान जंगलले ढाकेको छ । त्यसदेखि केही थि २–४ वटा घर छन् । त्योभन्दा माथि काफलडाँडा भन्ने बस्ती नै छ । उक्त स्थानमा चट्टानी खोल्सा छ । जहाँ सुरुङ मार्गको एउटा बिन्दु हुन सक्ने अनुमान छ । त्यसको केही तल खेत, बारी र बस्ती छन् ।
३ किमि कटेपछि छहरे र थानसिङ्गको मैदानी फाँट आउँछ ।
आजका दिनको अध्ययन भएको भनाइका आधारमा भन्नु पर्दा विदुर सदरमुकामदेखि २० किमि दूरीमा प्रारम्भिक अध्ययन गरिएको उक्त बिन्दुमा पुग्न सकिन्छ । छहरे–टोखा सुरुङ मार्गको नाम दिइए पनि सम्भाव्यता अध्ययन गरिएको ठाउँ शिवपुरी गाउँपालिका ८ नम्बर वडामा पर्छ । केरुङ–काठमाडौं रेल परियोजना ३ महिने अध्ययन र लागतबारे चिनियाँ कम्पनी फस्ट सर्भे एन्ड डिजाइन इन्स्ट्रिच्युटले करिब ३ महिना अध्ययन गर्दा केरुङ–काठमाडौं रेल परियोजना सम्भव देखाएको बतााइएको थियो ।
चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लामो हुनेछ। जसमा ७ वटा सुरुङ हुनेछन् । सुरुङमार्ग समेत लामो हुनेछ। त्यस्तै करिव ७० मिटर उचाईसम्मका पुलहरु निर्माण गर्नुपर्ने छ। ९० प्रतिशत भन्दा बढी भाग टनेल र पुलमा रहने त्यस अध्ययनको निचोड थियो ।
रसुवागढीबाट करिब २ हजार मिटर ओरालो रेल झरेर काठमाडौं आइपुग्नुपर्ने भएकाले सिङगल इन्जिनको रेल संचालन गर्न नसकिने रिपोर्टमा उल्लेख छ।
यो रेलमार्ग बनाउन २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान उक्त रिपोर्टमा गरिएको छ। तर आजसम्म पनि डिपिआर नबनेका कारण मोडालिटीको टुङगो लागेको छैन्।
राष्ट्रपति सीको पहिलो सम्बोधनमा नेपालले प्रस्ताव गर्न लागेको सुरुङमार्गमा सहयोग गर्ने संकेत गरेका थिए । यही संकेत अुनसार नै नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चीनलाई प्रस्ताव गरेको थियो ।
टोखा–छहरे सुरुङमार्ग करिव ७ किलोमिटर हुने अनुमान छ। यो सुरुङमार्ग जोडेर वेत्रावतीसम्म पुग्ने करिब ३२ किलोमिटर सडक डबल लेनमा निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ।
नेपालल यही सडकको अध्ययनदेखि निर्माणसम्म गर्नका लागि चीन समक्ष प्रस्ताव गरेको थियो । जुन सडकका लागि ३० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान रहेको छ।
लागत कसलाई कति ?
———————————//——-
यस अघि पनि चिनियाँ अधिकारी समक्ष नेपालले बारम्बार वार्ता गरेको थियो । तर, यो क्रममा भने केही दिन अघि मात्रै प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको मोडालिटी तय हुने बताएका थिए ।
रेल विभागका अनुसार चीनले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण र २५ प्रतिशत नेपालले लगानी गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, यसमा नेपाल अझै कम जोखिम रोज्न चाहिरहेको अवस्था थियो । स्रोतका अनुसार ओली र सीबीच हुने बैठकबाट मोडालिटी टुंग्याउने कुरा थियो । तर, सी जानु अघि भएको सम्झौतामा स्पष्ट शब्दमा भने कुनै कुरा उल्लेख भएको छैन ।
अधिकारीहरुका अनुसार लगानी मोडालिटी तय गर्ने र डिपिआर गर्ने पूर्ण जिम्मेवारी चिनियाँ पक्षलाई नै दिने ‘अन्डरस्ट्यान्डिङ’ सहित दुई देश स्तरीय ‘सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी’ गर्ने बारे हस्ताक्षर भएको छ ।
एमओयूको १८ नम्बर बुँदामा यो कुरा उल्लेख छ ।