नुवाकोटमा मोटरसाईकल चोरीमा संलग्न नेकपाका वडाध्यक्षका छोरासहित ६ जना पक्राउ

नुवाकोट । नुवाकोट जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । पछिल्लो ३ दिनमा मात्र मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा जिल्लाको बेलकोटगडी नगरपालिका वडा नं. ४ का नेकपाबाट निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर लामा (जनम)का छोरा टेकबहादुर लामासहित आकाश तामाङ, सुनिल गोले, सेतबहादुर तामाङ रहेका छन् । त्यस्तै विक्रम आचार्य र सितल केसीलाई भने विदुर नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अध्यक्षका छोरा टेकबहादुरले बा–७३–प ४८५८ नम्बर प्लेटको चोरीको मोटर साईकल प्रयोग गरेको प्रहरीले जनाएको छ । त्यस्तै अन्यले प्रयोग गरेका बा–९९–प १७२८, बा–८०–प २१०१ र बा–७०–प ५७४८ नम्बरका मोटर साईकलहरु पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका


Your Views
Related News