विवादित युट्युबर सोनिका रोकायसित पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ । पछिल्लोपटक भाइरल बनेको एउटा टिकटक भिडियोले उनीहरुको सम्वन्धमाथि थप कौतुहल जन्माएको छ । परिवारबाट समेत बहिष्करणमा परेका पारस केही महिनादेखि सोनिकासँग देखिन थालेका हुन् । लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रिएको छ ।

यसबीचमा उनी केही समय थाइल्यान्डमा थाई युवती सन सोनीकासँग प्रेममा परेका थिए । युट्युबमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाले पारसलाई पृष्ठभूमिमा देखाएर टिकटक भिडियो बनाउने गरेकी छिन्। पारससँग निकटता झल्किने केही तस्वीर पनि उनले बाहिर ल्याएकी छिन्। अहिले सार्वजनिक भएको भिडियो चाहिँ अरु कसैले खिचेका हुन् । यसमा पारसले आफ्नो मोटरसाइकलमा सोनिकालाई राखेर कुदेको देखिन्छ ।

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरी प्रतिक्रिया आइरहेका छन् । कतिपयले पूर्वयुवराजको घर बिगारेको भन्दै सोनिकालाई गाली गरेका छन् भने कतिले हिमानी जस्ती श्रीमती हुँदा हुँदै अन्य युवतीसँग हिमचिम गरेको भनेर पारसलाई गाली गरेका छन् । यसै सन्दर्भमा सोनिकाले यस्तो प्रतिक्रिया दिएकी छिन् ।

म अलिकति हावा टाईपको मान्छे छु । सायद भाग्यले होला मेरो पारस शाह सरकारसंग भेट भयौं । उहाँ मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ । तिमी जस्तो युवति बिग्रनु हुन्न भनेर उहाँ मलाई ढाडस दिई रहनु भएको छ । हाम्रो भेट भगवानले जुराएको जस्तो लाग्छ । कहिलेदेखी हामी नजिक भयौं याद छैन, तर तीन महिना भन्दा धेरै भएको छैन ।


Your Views
Related News