टोखा–छहरे सडक : ३२ किमि सडक, ७ किमि सुरुङमार्ग
नुवाकोट : चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिंगको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको छ।

सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको छ। चीनसँग भएका २० समझदारीमध्ये यो पनि एक हो।

यो समझदारीसँगै चिनियाँ नाका केरुङ र काठमाडौंबीच उन्नत सडक सम्पर्कका लागि चीनियाँ सहयोग परिचालन गर्न बाटो खुलेको छ। यो समझदारी अनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो। टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ। काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ। काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण गरिनेछ।

हाल सञ्चालनमा रहेको प्रमुख मार्ग काठमाडौं–गल्छी–स्याफ्रुंवेसी र रसुवागडी पुग्न १२८ किलोमिटर लाग्छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुवेंसी हुँदै रसुवागडीको दुरी १५२ किमि छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गल्छी–छहरेमा निर्माण गर्दा यो खण्ड १२ किमि घट्छ। गँगटे–वेत्रावती १७ किमि, वेत्रावती–मैलुङ १० किमि, मैलुङ–स्याफ्रुवेंसी १९ किमि, स्याफ्रुवेंसी–रसुवागढी १६ किमि छ। दोस्रो चरणमा निर्माण हुने भनिएको मैलुङ–स्याप्रुबेसी सुरुङमार्गले मूलखर्क र राम्चेको पहिरो छल्न उपयुक्त हुने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए। मैलुङ–स्याप्रुबेसी सुरुङमार्गको सम्भाव्यताका सम्बन्धमा भने अध्ययन हुन बाँकी छ


Your Views
Related News