बिबिसीको शक्तिशाली महिलाको सूचीमा नेपाली चेली बोनिता शर्मा

काठमाडौं । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को विश्वका शक्तिशाली सय महिलाको सूचीमा पर्नुभएको छ । ब्रिटिश ब्रोडकास्टिङ कोरपोरेशन(बीबीसी)ले सार्वजनिक गरेको विश्वका सयजना प्रेरणादायी र प्रभावकारी महिलाको सुचीमा नेपालकी बोनिता शर्मा पर्नुभएको हो ।

अभियन्ता शर्मालाई बीसीसीले ज्ञानको सूचीमा राखेको छ । बीबीसीले सय महिलालाई छ श्रेणीमा विभाजन गरेर सूचीकृत गर्दै आएको छ । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी छ प्रकारमा विभाजित श्रेणीमध्ये शर्माले आफ्नो ज्ञान र सोचाइले पोषण सुधारका लागि गर्नुभएको योगदान प्रशंसनीय रहेको बीबीसीले जनाएको छ ।

बीबीसीले सूची सार्वजनिक गर्दै कुपोषणले बालबालिकामा हुने मृत्यु घटाउन शर्माले काम गर्दै आएको उल्लेख गरेको छ ।

२७ वर्षिया शर्मााले सोसल चेन्जमेकर्स एन्ड इनोभटस(सोचाई) नामक संस्था स्थापना पोषण सुधारका कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । संस्थाले भोकमरी र कुपोषण अन्त्य गर्ने लक्ष्य राखेको छ । शिक्षा र सामाजिक उद्यमशीलतामार्फत् पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । शर्मा भन्नुहुन्छ, “‘पोषण र महिनावारी माला’ ल्याएर सुरु गरेको जागरणबाट एक हजार पाँचसय जना आमा र तीन हजार किशोर किशोरी प्रत्यक्ष लाभान्वित भएका छन् ।” सोचाइले आफ्नो स्वयंसेवकसँगै स्वास्थ्य केन्द्रमा कार्यरत तीनसय जना महिला स्वयंसेवीलाई पनि जोडेको छ ।

हातमा बाँध्न सकिने पोषण मालामा २१ वटा दानाहरु रहेका छन् । विभिन्न संख्या लेखिएको मालाका दानाले बच्चाको उमेर र दानाको रङले खानेकुरा जनाउँछ । दानाले कुन उमेरमा बालबालिकालाई कस्तो खाना खुवाउने सुत्केरी आमालाई सरल बनाउँछ ।

शर्मा भन्नुहुन्छ, “पोषणमाला गर्भवती र सुत्केरी महिलालाई दिन्छौं र महिनावारी माला किशोरीलाई दिन्छौं


Your Views
Related News