बर्दि लगाएका सशस्त्र प्रहरीको चरम दादागिरी महिलामाथि हातपात हेर्नुहोस भिडियो

नेपाल भारत सिमाना काँकडभिट्टा नाका क्षेत्रमा बर्दि लगाएर खटिएको सशस्त्र प्रहरीले सर्वसाधरण तथा व्यापारी प्रति दा दा गि री देखाउँन थालेको छ ।

नाका कडा गराउने वहानामा अ रा जक रुपमा ड्युटीकै समय महिला माथि हात पा त गर्ने गरेको छ ।

एक साता भित्रै सशस्त्र प्रहरी बल काँकरभिट्टा बाट खटिएका सशस्त्र प्रहरी बाट दुई जना महिलाले बिनाकारण पी डा भोग्नु परेको छ । केहीँ दिन अघि भारत बाट केहीँ सामान बोकेर ल्याउदै गरेकी एक महिला र सशस्त्र प्रहरी बिच सो सामान खोसाखोस भएको थियो ।

बर्दि लगाएका सशस्त्र प्रहरीको यो हर्कत आज फेरी नेपाल भारत सीमाबाट २ किमी वर नेपालतर्फ रहेको जोरसिमल चेकपोईन्टमा दोहोरिएको छ । केहीँ समय अघि भारतबाट केहीँ सामान ल्याउदै गरेकी एक महिला माथि लछार पछार गरेर सामान ड्युटीमै रहेका राई थरका जवानले खोसेका थिए ।

महिला प्रहरी हुँदा हुँदै उनले आफ्नो हर्कत देखाउँदा ति महिलाको हातमा चो ट लागेको थियो भने उनको व्याग च्यातिएको पीडितको भनाई छ । यति मात्र हैन सशस्त्र प्रहरीले महिलालाई लात हान्ने सम्मको धम्की दिने गरेको पीडितको भनाई छ । यस बिषयमा सशस्त्र प्रहरी बल काँकरभिट्टाका डिएसपी ज्ञानमणी पौडेल सँग बुझ्दा आफ्ना प्रहरीले गल्ती नगरेको भन्दै पन्छिए । उनले पत्रकारलाई व्यापारीले बोलाएको हो भन्दै फोन काटे ।

हेर्नुस भिडियो ।

नोट : यस समाचारमा प्रयोग गरिएको तस्विर विरगन्जमा शसस्त्र प्रहरीका जवानले महिलामाथि गरेको दुर्वयवहारको हो । २०७५ साल मंसिर ०७ गते शुक्रबारको दिन वीरगन्ज भन्सार कार्यालयको सुरक्षामा खटिएका प्रहरीले एक महिलालाई कपाल तथा कठालोमा समातेर लछारपछार पारेका थिए


Your Views
Related News