कम्युनिस्ट बनेका एनआरएनएका पूर्वअध्यक्षहरूद्वारा खुसीयालीमा मदिरा सेवन अनलाइनपाना संवाददाता शुक्रबार, कार्तिक १, २०७६  काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्तलाई सहयोग गरेपछि चार जना पूर्वअध्यक्षहरू मदिरा सेवन गरेर खुसीयाली साटेका छन् । बिहीबार राति काठमाडौंको सुविधासम्पन्न महँगो होटेलमा एनआरएनएका पूर्वअध्यक्षहरू जीवा लामिछाने, शेष घले, देवमान हिरासचन र भवन भट्टले मदिरा सेवन गरेर खुसीयाली साटेका हुन् ।

यो समूहले प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार बनेका कुमार पन्तलाई साथ दिएको नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले आरोप लगाएका छन् । जीवा लामिछानेलाई नेपाली कांग्रेसका नेताहरूले लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार कुल आचार्यलाई सहयोग गर्न निर्देशन दिएका थिए ।

तर, लामिछानेले कम्युनिस्ट उम्मेदवार कुमार पन्तलाई जिताउन आफूले प्रतिवद्धता गरेको भन्दै कांग्रेसका नेताहरूलाई सानेपामा भएको चियापानको कार्यक्रमका दिन ठाडै जवाफ दिएका थिए । राजनीतिक विचारका रुपमा यी चारै जना नेपाली कांग्रेस निकट रहेको चर्चा छ । तर, उनीहरूले नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका कुल आचार्यलाई साथ दिएनन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले समेत एनआरएनएको निर्वाचनमा प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार कुमार पन्तलाई कुनै पनि हालतमा विजयी बनाउन निर्देशन दिएको चर्चा मतदानस्थलमा बिहीबार दिनभरि चलेको थियो ।

कांग्रेसका कुल आचार्यलाई हराउन एनआरएनएका अध्यक्ष भवन भट्टसहितका पूर्वअध्यक्षहरूले झण्डै तीन सय फर्जी मतदाता बनाएका थिए । बिहीबार साँझ मदिरा सेवन गरेर खुसीयाली साटेका उनीहरू सबै कुमार पन्तका व्यापारिक साझेदार हुन् । उनीहरूले कुमार पन्तको पक्षमा भोट मागेर व्यापारिक साझेदारको धर्म निभाएका छन् ।

विदेशमा बस्नेहरूको विश्वास हुँदैन भन्ने कुराको पुष्टि एनआरएनएको निर्वाचनमा नेपाली कांग्रेस निकटका प्रतिनिधिहरूले देखाएका छन् । नेपाली कांग्रेस निकटका केही प्रतिनिधिहरू कम्युनिस्टका उम्मेदवारको पक्षमा खुलेरै लाग्नुका साथै सोही प्यानलबाट उम्मेदवार बनेका थिए ।

चितवन प्रहरीको कार्यालयमा रक्सीका बोतल

जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीको कार्यालय हाताभित्र महंगो रक्सीका दर्जनौ बोतलहरू भेटिएको छ । न्युज २४ का पत्रकार केदार शर्मा र भण्डाफोर अभियान डटकमका प्रधानसम्पादक सूर्य बरालले रक्सीका बोतलहरूको फोटो खिचिरहेको अवस्थामा चितवन प्रहरीले आधा घण्टा नियन्त्रणमा लिएर छाडिएको छ ।

चितवन प्रहरीले आफ्नो कार्यालय परिसरभित्रको जस्तोसुकै गतिविधि भए पनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वय शर्मा र बराललाई केहीबेर नियन्त्रणमा लिएको छ ।चितवन प्रहरीको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरू देखिएपछि पत्रकारहरूले फोटो खिच्न खोजेका थिए ।

प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले कार्यालय हाताभित्र जे कार्य भएपनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाउने बताए ।सई कृष्णप्रसाद सिलवाल लगायतका प्रहरी पत्रकारद्वय शर्मा र बराललाई आधा घण्टा बन्धक बनाई राखेको पत्रकार बरालले बताएका छन् ।

बिहीबार दिउँसो १ बजे प्रहरी कार्यालय पुगेका शर्मा र बरालले चितवन प्रहरी कार्यालयभित्र रक्सीका बोतलको तस्वीर लिएका थिए । चितवनका प्रहरी प्रमुखमा एसपी दानबहादुर मल्ल छन् । मल्ला पछिल्लो समय चितवनमा विवादमा तानिदै आएका छन् ।

संवेदनशील क्षेत्रम अनुमति विना तस्वीर लिन वा भिडियो बनाउन नपाइने चितवन प्रहरीले जनाएको छ ।पत्रकारद्वय शर्मा र बराललाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म राखेर बन्धक बनाइएको थियो ।

नायव उपरीक्षक पौडेलको निर्देशनमा प्रहरीले पत्रकारले लिएको तस्वीर र भिडियो डिलिट गर्न दवाव दिइएको पत्रकार बरालले बताएका छन् । ‘तस्वीर र भिडियो हामीले डिलिट गर्दैनौ भनेर जवाफ दियौँ’, बरालले भने, ‘प्रहरीले डिलिट गर्छ भने हामीलाई भन्नु केही छैन ।’

पत्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए । प्रहरीको कार्यालय हाताभित्र रहेको स्थानमा वल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरू छरपस्ट अवस्थामा देखिएको पत्रकारहरूले बताएका छन् ।

प्रहरी कार्यालयभित्र मदिरा सेवन गर्न पाइँदैन । ड्युटी समयमा पनि मदिरा सेवन गर्न पाइँदैन । रक्सीका बोतल कहाँबाट आयो भन्ने विषयमा आफूलाई कुनै जानकारी नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी मल्लले बताए ।

Share this:


Your Views
Related News