जापानका सम्राटको सिंहासनको उपलक्ष्यमा साढे ५ लाख कैदीलाई कैदमाफी

जापानका नयाँ सम्राट नारुहितोको सिंहासनको उपलक्ष्यमा साढे ५ लाख कैदीलाई कैदमाफी पाउने भएका छन् । आउँदो शुक्रबार हुने सिंहासनको उपलक्ष्यमा ती कैदीहरुलाई सुधार र पुनर्वासको मौकासहित कैदछुट दिइने भएको हो ।

सिंहासन कै उपलक्ष्यमा हुने भनिएको सम्राट नारुहितो र साम्राज्ञी मासाकोको टोकियो मोटरकेड परेड भने ५ दिन अघि आएको ह्यागाबिस आँधीले पारेको ठूलो क्षतिको कारण पछि सारिएको छ । उक्त आँधीबाट हालसम्म ७८ को मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्


Your Views
Related News