काठमाडौं, ३ कात्तिक । गायक रामकृष्ण ढकालको आवाज रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । बिन्दवासिनी म्युजिकको युट्युब च्यानलबाट ‘टीका माला’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा रमेश बिजीका शब्द छन् भने बीबी अनुरागीले संगीत दिनुको साथै एरेन्ज पनि गरेका छन् । तिहारमा दिदीको हातबाट टीका लगाउन नपाएको भाइको रोदनलाई गीतमा समेटिएको छ ।

गीतको भिडियोमा प्रकाश सपूत र सरिता लामिछाने दिदीभाई बनेका छन् । सुवास रेग्मीले निर्देशन गरेको गीतको भिडियोलाई नविन घर्ती मगरले छायांकन गरेका हुन् ।

भिडियो हेर्नुहोस्-


Your Views
Related News