काठमाडौं । पछिल्लोपटक निकै चर्चामा आएका गायक दुर्गेश थापा प क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट उनलाई प क्राउ गरेर अहिले टेकुमा राखेको छ । टेकुमा प्रहरी परिसरमा पुगेपछि दुर्गेश थापा चेतिएका छन् । आफुले गितमा गरेको गल्तिहरु स्वीकारेका छन् र माफी सम्म मागेका छन् ।

दुर्गेश थापाले मिडियासंग अन्तरक्रिया गर्दै आफुले गल्ति गरेको स्वीकारेका छन् र गल्तिहरु सुधारेर मात्र उक्त गितलाइ रिलिज गर्ने निधो गरेका छन् । दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर’बोलको गीत सार्वजनिक गरेका थिए जसले गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु सोसल मिडियामा आएपछि गायक थापा प क्राउ परेका हुन् । दुर्गेश थापा प्रहरी परिसर पुगेपछि आफुले गरेका गल्तिहरु स्वीकार्दै अहिले भिडियोलाइ युट्युबबाट डिलिट गरेका छन् ।


Your Views
Related News