काठमाडौँ । सन्देशमुलक तर निक्कै जोखिमपूर्ण प्र्यांक गर्ने युटुबको चर्चित प्र्यांकस्टर अलिश राईको प्र्यांक धेरैले हेर्ने गरेका छन । उनले सामाजिक विषयलाई लिएर मानिसहरुसंग विभिन्न प्र्यांक गर्छन् र त्यी भिडियोहरु सामाजिक संजालमा निकै चर्चित छन्। उनका केहि चर्चित भिडियोहरु ‘चुरोट किन खाइस् ?’ र ‘बाटो किन काटिस् ?’ युटुबमा भाइरल समेत भएका थिए। प्र्यांक गर्ने बेलामा कहिलेकाही आफुले कुटाई समेत खाएको अलिश राई बताऊँछन्। उनले प्र्यांक गर्दा गर्दै कुटाई खाएको दृश्यहरु पनि उनको भिडियोमा समावेश छन्।

हेर्नलाई निकै रमाइलो हुने उनका भिडियोले सामाजिक विषयलाई समेटेर नैतिकताको शिक्षा समेत प्रदान गर्दै आएको छ। उनका प्र्यांक विशेषत सार्वजनिक स्थलमा रहेका मानिसहरुमा केन्द्रित रहेको हुन्छ जहाँ उनी क्यामेरा लिएर मानिसहरुको अगाडि गएर कहिले ‘चुरोट किन खाइस?’ र कहिले अन्धाधुन्द बाटो काट्ने मानिसलाई ‘ बाटो किन काटिस्?’ भन्दै हप्काएर भिडियो बनाउँछन्।

बाटो किन काटिस प्र्यांक निक्कै हिट भएपछी राईले फेरी अर्को प्र्यांक ‘फेरी बाटो किन काटिस’ प्र्यांक बनाएका छन्। वास्तवमा यो प्र्यांक भन्दा पनि एक संदेशमुलक भिडियो हो भन्दा फरक नपर्ला । पुरा भिडियो तल हेर्नुहोस :


Your Views
Related News