वि.सं.२०७६ साल कात्तिक ०६ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि दशमी,३७ घडी ४२ पला,बेलुकी ०९ बजेर १४ मिनेट उप्रान्त एकादशी । नक्षत्र अश्लेषा,१५ घडी ३६ पला,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त मघा । योग शुभ,२२ घडी ४१ पला,दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण वणिज,बिहान १० बजेर २० मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर १४ मिनेट उप्रान्त बव । आनन्दादिमा राक्षस योग । चन्द्रराशि कर्कट,मध्यान्ह १२ बजेर २३ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ०८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २८ घडी १३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

यात्राका निम्ति चाहिने कागजातहरु बनाउँन सकिनेछ भने कामको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । बिदेसमा बसेर श्रम तथा शक्ति खर्च गर्नेहरुका लागि आजको दिन लाभदायक हुनेछ । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ काम आरम्भ गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने तथा आर्थिक स्थिति मजभुत भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा मान सम्मानको साथ पद प्रात्तिको योग रहेकोछ । बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानि हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट समयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

यो पनि

साप्ताहिक रासिफल हेर्नुहोस : कात्तिक ०३ गते आईतबारदेखी कात्तिक ०९ गते शनिबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनिति तथा सामाजिक प्रभाव बढ्ने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नया प्रविधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग घरायसि कुरामा मनमुटाब सिर्जना हुने सम्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन । तापनि बिदेशमा उत्पादित बस्तुको व्यावासाय फस्टाएर जानेछ । नियम संगत काम नगर्नेहरुले राज्यबाट दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सोमबारबाट बिहिबारको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दिा आउँनेछ भने पुराना बाकी रहेका रुपैया पैसा नउठ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ । आफन्त तथा दाजुभाईहरुले असयोग गर्नेछन् भने माया प्रेममा मनमुटाब सिर्जना हुनेछ । सरकारि स्रोत तथा पैत्रिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हँुन सक्छ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम आरम्भ गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने तथा आर्थिक स्थिति मजभुत भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा मान सम्मानको साथ पद प्रात्तिको योग रहेकोछ । बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानि हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । अध्ययनमा थोरै समय लगानि गर्दापनि भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । हप्ताको अन्न तथा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । तापनि विदेशी सामानको व्यापार तथा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा बिदेश यात्राको गतिलो योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । आईतबार,बुधबार र बिहिबारको समय मध्ययम रहेकोले आर्थिक व्यावस्थापनमा मुद्दाहरु थाति रहनेछन् भने आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा अविस्वास सिर्जना हुनेछ भने घर परिवारमा परिवारका सदस्यहरुसित घरायसि कुरामा राय बाजिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोग पाउदा काम गर्न जोस जागर बढेर आउनेछ । सोमबार,मंगलबार,शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त् तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ । मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । धार्मिक यात्रा तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित काममा समय दिनुपर्नेछ । सोमबारबाट बिहिबारसम्मको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । आफन्तबाट धोका हुनेछ भने मित्र तथा दिदि बहिनिबाट आश्वासन मात्र प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । बुधबारबाट समय मध्ययम रहेकोले अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिभिन्न विलाशी बस्तु तथा भौतिक सम्पति हात लागी हुँने योग रहेकोछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममको डोरो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । चिठ्ठा तथा लट्री पर्ने प्रशस्त सम्भावना रहेकोछ । सन्तान तथा आफन्तको प्रगतिमा मन रमाउँनेछ । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । सोमबार,मंगलबार,शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोलेछ । बिशिष्ट योजना कार्यान्वयनमा आफ्नै भन्नेहरुले असहयोग गर्नेछन् । आफन्त तथा आमासँग बिवाद हुने ग्रहयोग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा भने सन्तोष जनक आम्दानि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले समयको ख्याल नगर्दा कामहरु थाति रहने तथा आईसकेको कामपनि अरुलेनै फुत्काउँन सक्नेछन् । समयमा काम नबन्ने तथा खर्च बढ्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य कुरामा चनाखो नबन्दा अग्रज तथा बौद्धिक व्याक्तित्वहरु तपाईदेखि टाडिने सम्भावना रहेकोछ । स्थाई सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ ।

तपाईको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी


Your Views
Related News