सामाखुसीबाट स्कुलको एउटा बच्चा अ’पहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा।’ आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्र’हरीको वाकीटकीमा यस्तो सन्देश आयो।महानगरीय प्र’हरी बिट हलचोक, स्वयम्भुका असई ऋषिराम चपाईं सन्देश सुनेर चनाखो भए। उनले तुरुन्तै ६ जनाको टोली बनाए। हलचोकमै ‘चे’कप्वाइन्ट’ थापेर सवारी जाँच सुरु गरे।

अ’पहरण मोटरसाइकलमा गरिएकाले ध्यान त्यसैमा थियो। आउजाउ गरिरहेका सबै मोटरसाइकलमा उनीहरू चिलको नजर लगाएर बसेका थिए। सार्वजनिक तथा निजी सवारी रोकेर केरकार गर्न पनि छाडेका थिएनन्।पन्ध्र मिनेट नबित्दै वाकीटकीमा अर्को सन्देश आयो।

‘बालाजुबाट पास भएको सेतो रङको बा१ज ९७७३ नम्बरको माइक्रो शंकास्पद छ। त्यसमा अ’पहरित बालकले जस्तै सेतो सर्ट र खैरो रंगको हाफपाइन्ट लगाएको बच्चा छ, चे’किङ कडा बनाउनू।’बालाजु प्रहरी कार्यालयले दिएको यो सन्देशका आधारमा सवारी चे’किङको प्राथमिकता मोटरसाइकलबाट माइक्रोतिर मोडियो।केही बेरमै त्यही नम्बरको शं’कास्पद माइक्रो हलचोक आइपुग्यो। टोली सतर्क भयो। असई चपाईंले माइक्रो रोक्न लगाए। उनले ढोका खोलेर यात्रुहरूसँग केरकार थाले।

त्यतिबेलासम्म माइक्रोमा सवार एक बालक मोबाइल खेलेर बसिरहेका थिए। उनको हुलिया अपहरित बालकसँग मेल खान्थ्यो। प्रहरीले सोधपुछ गर्यो । बालकसँगै बसेको एउटा युवक ह’ड्बडायो। उसले हत्तपत्त बालकको हातबाट मोबाइल खोस्यो। सबैलाई ठेलठाल पार्दै माइक्रोबाट बाहिर हाम्फाल्यो।प्र’हरीले त्यहीँ उसको कठालो समातेर पछार्न खोजेका थिए । स्वयम्भु हुलाकघरतिर सुइँकुच्चा ठोक्यो एकाएक यात्रु भागेपछि प्रहरीको शंका झन् बलियो भयो।

उनीहरूले बालकलाई नियन्त्रणमा लिए। प्रहरी जवान राजकुमार वाग्ले चाहिँ ‘स’मात् स’मात्’ भन्दै भगुवा यात्रुलाई पछ्याउन थालेकरिब ५ सय मिटर पछ्याएपछि वाग्ले उसलाई अँठ्याउन सफल भए। उनले त्यो युवकका दुवै हात पछाडि मोडेर च्याप्प समाते। अर्को हातले घाँटी अँठ्याए। घिच्याउँदै चे’कप्वाइन्टतिर ल्याए। केही वर आइपुग्दा अन्य प्र’हरी सघाउन पुगे। त्यतिबेलासम्म असई चपाईंले माइक्रोका अरू यात्रुलाई सोधपुछ गर्न थालिसकेका थिए। वाकीटकीमार्फत घ’टनाको सर्कुलर पनि गरे। माइक्रोमा अन्य शं’कास्पद कोही भेटिएनन्। प्र’हरीले पक्राउ व्यक्ति र बालकलाई हलचोक वृत्तमा ल्याए। केरकार गरेपछि अ’पहरणको योजना पर्दाफास भयो।


Your Views
Related News