सूर्य इन्टरनेशनल अवार्ड २०१९ को नोमिनेशन सार्वजनिक भैसकेको छ । उत्कृष्ट ३ लाई मात्र मनोनयनमा राखिएको छ ।

यस्तै सूर्य अवार्ड को उत्कृष्ट अभिनेताको नोमिनेशनमा यसपटक अनमोल केसी (क्याप्टेन) बाट, प्रदिप खड्का (लब स्टेशन) बाट र विपिन कार्की (प्रसाद) बाट परेका छन् । व्यापारिक रुपमा हेर्ने हो भने प्रसाद सुपरहिट भएको चलचित्र हो, क्याप्टेन ले औषत कमाइ गरेको थियो भने लब स्टेशन फ्लप भएको थियो ।

तर यी तिनै अभिनेता आ–आफ्नो ठाउँमा उत्कृष्ट छन् । ३ अभिनेताको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । अब यी तिन अभिनेतामध्ये अवार्ड कसको पोल्टामा पर्ने हो त्यो हेर्ने भने नोभेम्बर २४ पर्खनै पर्छ ।


Your Views
Related News