सूर्य इन्टरनेशनल अवार्ड २०१९ को उत्कृष्ट ३ को मनोनयन सार्वजनिक भएको छ । नोभेम्बर २४ मा जापानको टोकियोमा हुने भनिएको अवार्डमा नेपालबाट कलाकारहरु जापान जानेछन् । यस्तै मनोनयनमा परेकाको खाने र बस्ने व्यवस्था पनि आयोजक टिमले नै गर्ने भएको छ ।

सूर्य अवार्ड को उत्कृष्ट अभिनेत्रीको मनोनयनमा ३ अभिनेत्री परेका छन् । जसमा नम्रता श्रेष्ठ (प्रसाद) बाट, साम्राज्ञी राज्यलक्ष्मी शाह (कायरा) र पूजा शर्मा (रामकहानी) बाट मनोननयमा परेका छन् ।

तिनै अभिनेत्री अभिनयको हिसाबले निकै राम्रो मानिन्छन् । यी तिनै अभिनेत्रीको आ–आफ्नो ठाउँमा निकै नै फ्यान फलोइङ रहेको छ । अब अवार्ड भने कसको पोल्टामा पर्ने हो, त्यो हेर्नको लागि केही समय पर्खनै पर्छ ।


Your Views
Related News