ललितपुर । महानगरीय प्र’हरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले आफूले कसैबाट एक रुपैयाँ पनि घु*स लिएको पत्ता लागे बर्दी फुकालेर प्र’हरी सेवाबाट बिदा हुने बताएका छन् । एक साताअघि मात्रै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले बिहीबार आफ्नाे कार्यालयमा पत्रकार सम्मेलन गरी उनले सो कुरा बताएका हुन् । सो क्रममा उनले आफ्नाे योजना समेत सुनाए ।

ललितपुरको दक्षिण भेगमा भएको ढुंगाखानीबाट ललितपुर प्रहरीले मोटो रकम लिएर खानी सञ्चालन गर्न दिदै आएको आरोप लाग्ने गरेको प्रसंग पत्रकारहरुले निकालेका थिए । सो क्रममा राईले भने, ‘अहिलेसम्म कसैबाट एक रुपैयाँ लिएको छैन, र लिने पनि छैन । मेरो स्ट्रेन्थ मध्ये यो पनि एक हो ।’ २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले ललितपुरमा कानुन विपरीत क्रसर तथा ढुंगाखानी सञ्चालन भएको पाइए का’रबाही गरिने बताए ।

उनले प्रहरीमा उजुरी दिने उजुरीकर्ताले उजुरी लेखेबापत लेखापढी गर्न बसेका व्यक्तिहरुलाई पैसा तिर्दै आएकामा अब ती व्यक्तिहरुलाई पनि हटाइने बताए । उजुरीका लागि विभिन्न प्रकारका नमुना फारम प्रहरीले नै कम्युटरमा टाइप गरी प्रिन्ट गरेर उजुरीकर्तालाई फोटो कपी दिने व्यवस्था गरिने उनको भनाइ छ । उनले प्र’हरी भित्र हुने आन्तरिक शुद्धिकरणमा पनि आफू कटिबद्ध भएको बताए ।

यो पनि पढ्नुहोस काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा बृहत खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाट १० करोडभन्दा बढी रकम जुटेको छ । सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी १० करोड १० लाख जुटेको हो ।

हालसम्म पाँचखालका ६० उपभोक्ताले सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिलाई दुई लाखका दरले ऋण सापटी पनि दिएका छन् । अन्य रकम उपभोक्ताबाट सङ्कलन गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । “आयोजनाको सम्झौताअनुसार उपभोक्ताले व्यहोर्नुपर्ने रकम जुट्दैछ”, लामिछानेले भने । उनका अनुसार उपभोक्ताले परियोजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख जम्मा गर्नुपर्ने शर्त छ ।

पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । परियोजना दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लामिछानेले बताए । नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्तबीच गत भदौ १२ गते सो परियाजना सम्बन्धी सम्झौता भएको थियो । परियोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना शुरु गर्न बोलपत्र प्रक्रियामा रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । “कात्तिक महीनाभित्र बोलपत्र भई काम शुरु हुन्छ”, उनले भने ।

शर्तअनुसार रकम जम्मा नभएपछि १८ हजार दिन नसक्ने उपभोक्तालाई स्थानीय सहकारीमा ऋणी बनाइएको छ । सहकारीमा ऋणी बनाइएका उपभोक्ताबाट एक करोड ४३ लाख रकम जुटेको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखाल क्षेत्रका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाइएको हो । उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महीनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना छ ।

सहकारीले पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई चलनचल्तीभन्दा न्यून व्याजदरमा ऋण दिलाएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको हो ।” यदि उपभोक्ताले एक वर्षसम्ममा पनि सहकारीको ऋण तिर्न नसके नपा कार्यालयले तिरिदिने उनले बताए ।


Your Views
Related News