काठमाडौं, २१ असार । इन्टरनेशनल इण्डियन फिल्म एकेडमी अवार्ड (आइफा) नेपालमा गर्न नदिए आयोजक संस्था विजक्राफ्ट इन्टरनेशनलले मुदा हाल्ने बताएको छ ।

आइफा अवार्डबारे चौतर्फी विवाद सिर्जना भइरहेको बेला आयोजक संस्था विजक्राफ्टले पहिलो पटक आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै यदि नेपालमा सो अवार्ड समारोह गर्न नदिए मुदा हाल्ने बताएको हो ।

नेपालमा अवार्ड हुँदा नेतृत्व गर्ने भनेको संस्था पर्यटन बोर्डले संसदीय समितिमा विजक्राफ्टले पठाएको प्रस्ताव सार्वजनिक गरेको थियो ।

२० औं संस्करणको अवार्ड समारोह आयोजनाका लागि नेपालसहित धेरै देशले प्रस्ताव पठाएको विज्ञप्तिमा उल्लेख छ । विजक्राफ्टका अन्तर्रा्ष्ट्रिय निर्देशक आन्द्रे टिमिन्सले ‘अवार्ड आयोजना गर्ने विषयमा कुनै सहमति नजुट्दै नेपालको संसदीय समितिसम्म कुरा उठ्नु असामान्य भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यही कारण अगामी संस्करणबारे हालसम्म आइफाले कुनै जानकारी वा भिडियो बनाउन नसकेको उसले प्रस्ट पारेको छ । अवार्ड समारोह काठमाडौंबाहेक नेपालका अन्य स्थानमा पनि गर्न सकिने उसले उल्लेख गरेको छ ।

बलिउडको फिल्म अवार्ड आइफा नेपालमा गर्न सरकारले ठूलो रकम खर्च गर्न लागेको सार्वजनिक भएपछि त्यसको चर्को विरोध भएको थियो ।


Your Views
Related News