काठमाडौं / समिर घिसिङ उर्फ भिटेनलाई प्रहरीले पक्राउ गरेपछि गायिका ज्योती मगरले कडा अभिव्यक्ती सार्वजनिक गरेकी छिन् । सामाजिक सन्जालमा लामो स्ट्याटस सार्वजनिक गर्दै उनले सरकारले जे गरिरहेको छ, गलत गरिरहेको आरोप लगाइन् ।

रेपर तथा रेपिस्टलाई समाउनु पर्नेमा -यापर समात्दै छ सरकार, उनले भनिन्, ‘अश्लिलता नियन्त्रण गर्ने सरकारको प्रयासलाई नराम्रो नमानौ । तर, ठूला ठूला मुद्धा चलिरहेको बेला गायक कलाकारहरुलाई समात्दै गीत डिलिट गर्न लगाउनु कतै ठूलो मुद्धाबाट ध्यान मोड्ने प्रयास त होइन ?’

अश्लिलताको पक्षमा कदापी वकालत गर्दैनौं, ढुक्क हुनुस् । तर, सरकारले कलाकार छान्दै, गीत छान्दै नियन्त्रणमा लिएर युट्युवबाट गीत डिलिट गर्न लगाउने हो भने, दैनिक कम्तीमा पनि १ जना समातिन्छन्, उनले थपिन्, ‘यो कुन नीति हो ? त्यो पो थाहा हुनुप-यो ।’

अनुपयुक्त सामग्री सरकारले नै युट्युवमा सेन्सर गर्न आग्रह गर्दै उनले सरकारलाई प्रश्न गरिन्, ‘मान्नुहोस् भिटेन नेपालमा बस्दैनन् रे । यदि उनले नेपाल बाहिर बसेर त्यो गीत अपलोड गरेको भए ठिक थियो ?

भिटेनलाई नभेटी त्यो अनुपयुक्त लागेको गीत सञ्चार मन्त्रालयले हटाउन सक्छ ?’ कहिले कुन कलाकार, कहिले कुन कलाकार समात्दै गीत डिलिट गर्न थालेपछि ज्योतिले उक्त अभिव्यक्ती सापट लिएर सार्वजनिक गरेकी छिन् ।


Your Views
Related News