काठमाडौं । लामो समय देखि मुटु सम्बन्धी रोगको सिकार भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा अचानक समस्या आएको छ । उहाँको धमनीको ब्लकेजको एन्जियोप्लाष्टी प्रविधिको सफल उपचारपछि आजै घर फर्कनु भएको छ ।

ग्राण्डी इन्टरनेशनल अस्पतालमा दुई दिनदेखि उपचाररत उहाँको एन्जियोप्लाष्टी अस्ति गरिएको थियो। अस्पतालका मेडिकल डिरेक्टर चक्र पाण्डेका अनुसार २ दिन अघि छाती दुखेर अस्पताल भर्ना हुनु भएका उहाँ आराम गरी आज घर जानु भएको हो ।
कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य मा सुभलाभ कामना गर्दछौ !


Your Views
Related News