पानीबाट गाडी चल्छ भन्दा जो कोहीलाई अचम्म लाग्ला। तर, नेपालमा यो सम्भव भएको छ। यहाँका एक युवा इन्जिनियरले पानीबाट गाडी चलाउने उपकरण तयार परेका छन्। जसलाई जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिन्छ।
बुटवल मिलनचोकका युवा शिशिर जिसीले ‘फ्युल सेभर किट’ तयार पारेका छन्। भारतको बैंगलोरबाट मेकानिकल इन्जिनियररिङ गरेका उनले साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस बनाएका हुन्। यो डिभाइसको प्रयोगले इन्धन बिना नै गाडी चल्ने भने होइन। ४० प्रतिशत पानी र ६० प्रतिशत इन्धनको प्रयोगबाट गाडी चल्छ। ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ। पुरा जानकारीसहित यो भिडियो