कुवेतमा एक नेपालीको ज्या’न गएको छ । ज्यान जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । काम गरिरहेकै अवस्थामा पदमको ज्यान गएको बताइएको छ । रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत गएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए।

काम सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै ल’डेको अवस्थामा भेटिएका थिए। उनको मृ’त्युको कारण खुल्न नसकेको बताइएको छ । घ’टनाबारे जानकरी पाए लगत्ते कुवेतमा रहेको नेपाली दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।


Your Views
Related News