ललितपुर। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको ह’त्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गर्नु भएको छ ।

कञ्चनपुरकी बालिका पन्तको ह’त्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले त्यस ह’त्या’का’ण्डका तथ्य बाहिर ल्याउन गृह मन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गर्नु भएको हो ।

तरुण दलको ६६औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृह मन्त्री थापाका छोरामाथि लागेको आ’रोपलाई गलत सावित गरिदिन पनि डीएनए परीक्षण गरौँ भन्ने आफूले आग्रह गरेको पनि बताउनुभयो ।

‘तपाईँको छोरामाथि बालिका पन्तलाई ब’ला’त्का’र गरेको आ’रोप लागेको छ, मलाई गलत सावित गरिदिनुस्, तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डीएनए परीक्षण गरौँ भन्ने मेरो कुरा हो ।’

२०७५ साल साउन १० गते बालिका पन्तको ब’ला’त्का’रपछि ह’त्या गरिएको अवस्था श’व भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । अध्यक्ष बस्नेतले पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा निर्मला ह’त्या’का’ण्डको तथ्य पत्ता लगाउन आफूले पटक–पटक गृह मन्त्री थापाको छोराको डीएनए परीक्षणको माग गर्दै आएको पनि बताउनुभयो ।

अध्यक्ष बस्नेतले २०३६ सालमा ह’त्या गरिएकी नमिता–सुनिता ह’त्या’का’ण्डको पनि आफ्नो संगठनहरुले पर्दा’फास गर्ने बताउनुभयो । दरबारियाहरुले त्यस ती दुई नारीको ह’त्या गरे पनि त्यतिबेला नेपाल तरुण दल नभएकाले त्यस ह’त्यामा संलग्नहरु सार्वजनिक हुन नसकेको उहाँको दाबी थियो ।


Your Views
Related News