नेपाली काँग्रेसले एउटा मिसनसँग आफूलाई बाध्यो *भने सफलता हात पार्छ । हाम्रो विगतले पनि त्यही कुरा देखाउँछ । हिजो गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा* ल्याएर आउँछु भन्ने मिसन समात्दै गर्दा होस् वा सुशील कोइरालाको *नेतृत्वमा जसरी पनि संविधान बनाउँछु भनेर मिसन* समात्दै गर्दा होस् । यसमा नेपाली काँग्रेसलाई* मान्नै पर्छ । फेरि नेपाली काँग्रेसले अर्को मिसन समात्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।

आजको दिनमा राजसंस्थासँगको डरबाट त हामीले *हाम्रो व्यवस्थालाई मुक्त गर्यौँ । साथै नेपालमा कम्युनिस्ट पार्टीहरुको लोकतान्त्रिकरणको एउटा चरण पनि पुरा गर्यौँ । अहिले नेपाल कम्युनिस्ट पार्टीले सरकार चलाइ रहेको छ । सरकार चलाउने* कुरामा हाम्रो कुनै समस्या होइन । तर कम्युनिस्ट पार्टी सरकार सञ्चालनका नाममा कम्युनिस्ट *सत्ता निर्माण गर्दैछ । हामीले कल्पना गरेको व्यवस्थामा आवाधिक निर्वाचनबाट सरकार बन्छ, सत्ता बन्दैन । हामी दुई तिहाइ भन्छौँ ।

सरकार दुई तिहाइको होइन, तीन चौथाइ कै बन्न सक्छ । फेरि पनि नेपाल कम्युनिस्ट* पार्टी कै सरकार बन्न सक्ला । हाम्रो प्रयास काँग्रेसको सरकार बनाउने हुन्छ । आगामी निर्वाचनमा हामी तीन चौथाई भोट ल्याउन चाहन्छौँ । समस्या सरकारको होइन् । सरकारको आवरणमा सत्ता निर्माण गर्ने जुन प्रयास* हुँदैछ समस्यको विषय यो हो । नागरिकको स्वतन्त्रता* हरण गर्नका निम्ति चरणबद्धरुपमा जुन खालको कानुन निर्माणको प्रयास भइरहेको छ । यतिबेला त्यो प्रयास नै सबैभन्दा समस्याको विषय बनेको छ ।

गायक पशुपति शर्माबाट सरकारले आफूसँग असहमति राख्ने गीतसंगीतमाथि* धावा बोल्ने सुरु गरेको थियो । अहिले फेरि अन्य गायकका कुरा बाहिर आइरहेको छ । हामी हेरिरहेका छौँ । त्यो गायकको कुरा होइन। कसैलाई गीत सुन्न मन *लागेन भने कान थुन्ने हो, गाउने मान्छे थुन्ने होइन । कविता सुन्न मन लागेन कान थुन्ने हो, कविलाई थुन्ने होइन । कसैलाई उहाँहरुको (र्यापर भिटेन र गायक दुर्गेश थापा) गीत मन परेन ल ठीक छ । भद्दा, अश्लील भनेर यत्रो बहस गरिरहेका छौँ । यस्तो गीत किन गाउनुपर्यो भन्ने पनि छ ।

विषय यो होइन । यो विषयलाई संसदमा दर्ता भएको *सूचना प्रविधि कानुनसँग जोडेर हेरौँ । मंसिरबाट सुरु हुने संसद अधिवेशनबाट जुन कानुन यो सरकारले जबरजस्ती पारित गर्नका निम्ति सम्पूर्ण* शक्ति लगाउने छ । सामाजिक सञ्जालमा लेखिएका कुरालाई आधार मानेर घरघरमा गएर मान्छेलाई पक्रनका लागि कानुन निर्माण गरिँदैछ । मिडियाका साथीहरु मिडिया* काउन्सिल विधेयकबाट प्रेस स्वतन्त्रता हनन हँुदैछ भनेर आन्दोलित हुनुभयो । अब त्यो विधेयक* सच्चिएर आउँछ । तर तपाईँले आफ्नो सामाजिक सञ्जालमा लेखिएको कुराबाट तपाईँको घाँटी समाउन सरकार गृहकार्य गरिरहेको छ । यसमा कसैलाई छोड्नेवाला छैन ।

आफै अदालत बनाउँछ, जनअदालत जस्तो । आफ्नै प्रशासनबाट मुद्दा लड्न *पाउने गरी कानुन बनाउँदै छ । आजको मुख्य समस्या भनेको ‘रुल अफ ल’ र ‘रुल बाइ ल’को विषय हो । ‘रुल अफ ल’मा विधिको शासनका रुपमा* संविधान छ, संसद हुन्छ । बहुमत आउनेले नै सरकार चलाउने हो । भोलि पनि सरकार चलाउँदा *बहुमत हुन्छ । सरकारले बहुमतबाट कानुन बनाउँदै गर्दा संविधानमा रहेका मुलभूत मान्यताबाट कानुन बनाउँदैन । तर ‘रुल बाइ ल’ भनेको संख्याको प्रयोग गरेर कानुन बनाउँदै गर्दा कानुनको *विधिको शासन गर्ने वा विधिमार्फत शासन गर्ने कुराका सन्दर्भमा हेर्नुपर्छ । ‘रुल बाइ ल’ भनेको विधिमार्फत*शासन गर्ने हो, कानुनबाट विधिको शासन गर्ने कुरा होइन ।

सरकारले एकपछि अर्को गरी संख्याको प्रयोग गरेर संविधानका आधारभूत मान्यताको खिलाफमा कानुन बनाउने काम भएको छ । सरकारसँग दुईतिहाइको ताकत हुनु नराम्रो होइन । यो ताकत उसले नेपालभित्र* वर्षौदेखि जगल्टिएका समस्या समाधानको हल गर्न प्रयोग गर्नु पर्ने हो । हाम्रो जनजीविकाको सवालमा चाडोभन्दा चाडो *परिणाम दिनतर्फ प्रयोग गर्नु पर्ने हो । तर सरकार यी कुनै कुरामा दुई तिहाइको ताकत प्रयोग गर्न खोजि रहेको छैन ।

बरु विस्तारै विस्तारै हाम्रो जनजीविका नै बन्धक हुने गरी संसदबाट कानुन* निर्माण गर्नेतिर लागेको छ । त्यसबाट निर्माण गर्ने भनेको सत्ता हो । संसदको सभामुखका विषयमा अहिले उहाँहरुको* घर झगडाको कुरा छ । उपसभामुखलाई राजीनामा गराएर हुन्छ वा के गराएर हुन्छ, सभामुख नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बनाउने कुरा छोड्नेवाला छैन । किनभने संसदको आदेश सरकारले *टेर्ने होइन, सरकारले आदेश दिएर संसद आफ्नो नियन्त्रणमा राख्ने कुरातरि सरकार लागेको छ ।

अदालतसँग सरकार डराउनु पर्ने ठाउँमा सरकारसँग अदालत थुरथुर *भएर बसेको अवस्था छ । सरकार कोहीसँग डराएको छ भने नागरिकसँग डराएको छ । त्यही भएर नागरिकलाई सूचना प्रविधिसम्बन्धी कानुन बनाएर तर्साउँदै छ । अड्डा आफ्नो, अदालत आफ्नो, प्रहरी आफ्नो, सेना आफ्नो र सबैतिर आफ्नो बनाएर लेख्ने प्रेसको निब* र बोल्ने नागरिकको मुख नियन्त्रण गरिसकेपछि सत्ता निर्माण हुने हो । जसको खिलाफमा कसैले बोल्न पाउँदैन । र, यो सब कुरा कानुन बनाएर गर्न प्रयास हुँदैछ ।

त्यसैले यतिबेला यो संविधान, यसले ल्याएको व्यवस्था, हाम्रो स्वतन्त्रता जसका लागि यो पार्टी बन्यो* त्यसलाई जोगाउने कुरा काँग्रेसको मिसन हो । यो मिसनमा काँग्रेस अगाडि बढ्यो भने *नागरिक पनि जोडिँदै आउँछन् । र, परिणाम काँग्रेसले आफै प्राप्त गर्छ । यतिबेला काँग्रेसको कर्म भनेको यही हो । नेपाली नागरिकको स्वतन्त्रतालाई जगाउने कुरा र हाम्रो संविधानले व्यवस्था गरेका* मुल्यमान्यतालाई रक्षा गर्ने कुराका निम्ति नेपाली काँग्रेसले लड्नुपर्ने छ ।

यसका लागि लड्ने ताकत यी सबै चाड पर्वले, हाम्रो आफ्नो प्रथनाले *उपलब्ध गराओस् । हामी केही प्रेसमा छौँ, कोही पार्टीमा काम गरिरहेका छौँ, जो जहाँ भएपनि एउटै परिवारसँग बाधिएकाहरुले आ–आफ्नो भूमिका निर्भाह गर्न ताकत र क्षमता यी *चाड पर्वबाट दिओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।[][]


Your Views
Related News