सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ बस दु*र्घटना हुँदा १४ जना घाइते भएका छन्।

शितगंगाको ठाडाबाट, जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दु*र्घटना भएको हो। घा*इतेमध्ये पाँच जनाको अवस्था ग*म्भीर रहेको छ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।


Your Views
Related News