लमजुङ, १२ कात्तिक । बेँसीशहर नगरपालिका–११ चितीमा जु’वा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

मंगलबार बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जु’वा खेलिरहेको अवस्थामा उनीहरुलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए ।

प’क्राउ परेकाहरुको साथबाट नगद दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । प’क्राउ परेका सबैलाई जु’वा ऐनअन्तर्गत का’रवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यो पनि हेर्नुहोस् ….हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान
काठमाडौं– नेपाली आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका छन् । उनले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको लगातार आरोण गरे विश्व कीर्तिमान कायम गरेका हुन् ।

बेलायती सेनामा कार्यरत म्याग्दी, अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले मंगलबार बिहान चीनको तिब्बतमा अवस्थित शीशापाङ्मा हिमालको सफल आरोण गरेसँगै यो कीर्तिमान रचेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले भने करिब ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

८ हजार २७ मिटर उचाईको विश्वकै चौथो अग्लो हिमालको सफल आरोहणपछि उनले ट्वीट गर्दै लेखेका छन्, ‘लक्ष्य पूरा भयो ।’

चिनियाँ सरकारले सन् २०१९ सम्मलाई शीशापाङ्मा हिमाल आरोणमा प्रतिबन्ध लगाए पनि विश्व कीर्तिमानका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै उनले विशेष अनुमति पाएका थिए ।

गएको सेप्टेम्बरमा नै उनको अभियान शीशापाङ्मा हिमाल आरोहण गर्ने तयारीमा थियो । तर चीन सरकारले अनुमति नदिँदा केही समय पछाडि सरेको थियो ।

उनको यो आरोहण अभियान गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु भएको थियो ।


Your Views
Related News