दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय नायिका गीताञ्जली रमाकृष्णको नि*धन भएको छ । ७२ वर्षीय गीताञ्जलीको हृ*दयघातका कारण नि*धन भएको हो ।उनको मुटुमा समस्या देखिएपछि हैदरावाद अस्पताल पुर्‍याइएको थियो ।

उनको बिहीबार अस्पतालमा नि*धन भएको भारतीय मिडियाले जनाएका छन् ।उनले ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । हिन्दी तेलुगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी गीताञ्जलीले सन् १९६१ देखि फिल्मी करिअर शुरु गरेकी थिइन् ।

अन्य समाचार:‘लभ जोन’को ‘दिल चोरी लैजाउ ए प्रियतम’ सार्वजनिक (भिडियो)

चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ। माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो।चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन्।गीतको शब्द रचना तथा संगीत शंकर अधिकारी घायल रहेको छ। चलचित्रमा समावेश गीत प्रेममय रहेको छ। गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ।

राजन मर्हजनको नृत्य निर्देशन , विश्वास भण्डारीको सम्पादन भिडियोमा रहेको छ। ‘दिल चोरी लैजाउ’ गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ।


Your Views
Related News