काठमाडौं, १६ कात्तिक । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी र कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

शनिबार साँझ गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति भण्डारीले छठ पूजा गरेकी हुन् । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित थिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।


Your Views
Related News