गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसंग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गर्नुभएको छ । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत ९१३ लाख ३ हजार ७ सय २१० १३।६५ प्रतिशत थियो । ६०÷४० को अनुपातमा उम्मेद्वारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाव तय गरियो । तर जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाव उतार्दै हुनुहुन्छ, जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाउनुभयो ।चुनाव चिन्हबारे कन्फ्युजन हुँदा अर्को ८–१० प्रतिशत मत बदर भएको हिसाब छाडेर पनि तत्कालिन एमालेले पाएको मत हो– ३१ लाख ७३ हजार अर्थात ३३।२४ प्रतिशत । यदि, यौटै चिन्हमा लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाव सुनेपछि केपीले भन्नुभयो– ‘अनि, तपाईं प्रचण्डसंग मिलेर किन सहमतिको कुरा उठाउनुहुन्छ रु आधा आधा कसरी दिने ल भन्नुस् त १ उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, प्रमुख सचेतक दिएकै छ ।’ केपीको हिसाव निकाल्ने चातुर्यबाट प्रभावित भएर होला माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिनुभयो– ‘कुरा त्यस्तो पो हो र रु’ त्यही दिन, जतिबेला केपी र माधवको भेट भइरहेको थियो, मात्रिकाको अर्को प्रसंग निस्कियो ।पहिला ललिता निवास छेउबाट बाटो निकाल्ने सम्बन्धी एउटा निर्णयमा तत्कालिन भूमिसुधार सचिव छविराज पन्तले ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार’ भनेर माधव नेपाललाई फसाउन खोजेजस्तै प्रसंग देखाउनु भयो, केपीले माधवलाई । हेर्नुस त पहिला तपाईंलाई फसाउन खोजे, अहिले फेरि मात्रिकाले यो फाइलमा सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार भन्दै मतिर सोझ्याउन खोज्दै छन् । फाइल थियो, मात्रिकाले चलाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी ।उता, मन्त्रिपरिषद्बाट पारित भएको विधेयक एउटा, संसदमा दर्ता भएको अर्को । विधेयकको गञ्जागोलले सरकारको टाउको खाइरहेका बेला फेरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यस्तो काम भइदियो । यस्तो भएपछि प्रमले मन्त्री मात्रिकालाई बोलाएर ‘यस्तो त गर्न भएन नि । त्यो सच्याएर क्याविनेटबाट पास भएको ल्याउने भए ल्याउनुस् नभए अहिल्यै विदा हुनुस्’ भन्दै पड्किनुभयो । मात्रिकाले कर्मचारीबाट गल्ती भएको भन्दै क्याविनेटबाटै पारित भएको विधेयक हतार हतार लानुभयो । यो समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।


Your Views
Related News