ताप्लेजुङ, १६ कात्तिक । पूर्वको चर्चित पाथीभरा माता सबैको आस्था र विश्‍वासकी देवी हुन् । त्यसैले पाथीभरा धाममा जानका लागि चोखोनितो भएर शुद्द र पवित्र मन लिएर जाने गरिन्छ । उक्त धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।

माताको दर्शन गर्न जानेमध्ये कोसैलाई देवी चढ्ने गर्दछ । यसरी देवी चढेपछि बक्ने र शरीर काम्ने गर्दछ । केहि समय अघि पनि त्यहाँ यस्तै बहेको दृश्य एक मिडियाले कैद गरेको छ । जुन तलको भिडियोमा हेर्नुहोस्-


Your Views
Related News