काठमाडौं, १७ कार्तिक । द भ्याइस अफ नेपालको नक आउट राउण्डबाट बाहिरिएकी वैशाली लामासंग नेपालका चर्चित गायक राई इज किङ राजेश पायलले युगल गीत गाउने भएका छन् ।

सांगतिक कार्यक्रमको शिलशिलामा दुई महिनादेखि विदेश रहेको गायक राईले नेपाल चाँडै फर्किन लागेको बताउँदै नेपाल आएपछि बैशालीसंग एउटा युगत गीत गाउने बताएका हुन् ।

राईले फेसबुकमा वैशाली लामा बाहिरिन्दै गर्दा बोलेको भिडियो सेयर गर्दे लेखेका छन्,‘द भ्यासस अफ नेपाल आज हेर्ने मौका मिल्यो म नेपाल चाँडै आउँदैछु, उनिसँग अबसर मिले युगल गीत सेयर गर्नेछु ।’

यस्तै उनले ‘द भ्याइस अफ इन्डिया’को सिजन २ को ब्याटल राउन्डमा लामाले गाएकाे गीत समेत सेयर गरेका छन् । दार्जिलिङको लामा ‘द भ्याइस अफ इन्डिया’को सिजन २ मा तेस्रो चरणसम्म पुगेकी थिइन् ।

‘द भ्याइस अफ नेपाल’मा कोच राजु लामाको टिममा रहेको उनी नकआउट चरणबाट बाहिरिएकी हुन् । नककाउट चरणमा उनीसहित दार्जिलिङका आंकाक्षा थापा र सिकिम्मका गिता शर्मा प्रतिष्पर्धामा थिए । कोच राजुले लाइभ राउण्डका लागि गिता शर्मालाई अगाडि बढाएका थिए ।

यस्तै शोबाट बाहिरिएका बैशाली र आँकाक्षासँग कोच दीपले समेत युगल गीत गाउने प्रतिबद्दता जनाएका छन् ।


Your Views
Related News