काठमाडौं, १७ कात्तिक । चलचित्र ‘कृ’ बाट नेपाली चलचित्र जगतमा डेब्यु गरेकी नायिका अदिति बुढाथोकी पछिल्लो समय नेपालभन्दा भारतमा नै रमाइरहेकी छन् । अनमोल केसीसंग कृमा देखिएपछि अदिति पछिल्लो समय अरु नेपाली फिल्ममा काम गरेकी छैनिन् ।

अदितिले बलिउडमा फिल्म खेल्ले चाहाना गरेकी छिन् । मुम्बईमा बसोबास गर्दै आएकी अदिति कामका सिलसिलामा नेपालमा आइरहन्छिन् । उनले म्युजिक भिडियोमा पनि काम गरी सकेकी छिन् । तर नेपाली फिल्मभन्दा बलिउड नै उनको पहिलो रोजाई बनेको छ ।

सामाजिक संजालमा निकै सक्रिय रहने अदितिका फ्यान नेपालमा पनि कमी छैन । सामाजिक सञ्जालमा अदितिले आफूलाई बोल्ड रुपमा प्रस्तुत गरेकी हुन्छिन् । उनका केहि तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका छन् । मुम्बईमा बस्दै आएकी अदिति प्रेममा रहेको खुलासा भएको छ ।

अदिति आफैले भारतीय र्यापर अलिम मोरानीको प्रेममा परेको खुलासा गरेकी हुन् । उनले अलिमसंगको तस्विर इन्स्टाग्राममा शेयर गरेपछि तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका हुन् । अदितिले हिन्दी गीत हावा बन्के को म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । अदितिले मुम्बईमा दर्जनको हाराहारीमा म्युजिक भिडियो खेलिसकेकी छिन् ।

उनै अदितिको केहि बोल्ड तस्विर हेरौं –


Your Views
Related News