काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज पनि सकिएन । संघिय संसद् सचिवालयकी महिला कर्मचारीमाथि ब लात्कार गरेको आरोपमा पक्राउ परेका महराको मुद्दामा शुक्रबारदेखि चलिरहेको थुनछेक बहस आइतबार नसकिएपछि उनी हिरासतमै रहने भएका हुन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि सोमबार पनि बहस हुने भएको छ । यसको टुंगो लागेपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेभन्नेमध्ये एक आदेश अदालतले फैसला गर्ने छ ।


Your Views
Related News