बहु प्रतिभाका धनि गायक संगीतकार अमर भाट’ले आफ्नै शब्द संगीत तथा स्वरमा नेपाली टिपिकल गीत (झम्के पानि) बोलको गीतको भिडियो सांगीतिक बजारमा ल्याएका छन् । रिब्दिकोट ३ डुमृका हार्थोक पाल्पा’मा जन्मेका २०५२ /५३ बाट सांगीतिक यात्रा सुरु गरेर निरन्तर नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागेका गायक भाट गायकीमा मात्र नभई शब्द कोर्न र संगीत गर्नमा पनि उत्तिकै पोख्त छन् ।


केहि समयको सांगीतिक ज्ञाप पछि अहिले उनले नेपाली सांगीतिक बजारमा आफ्नो गायकीमा (झम्के पानी) बोलको गीत बजारमा ल्याएका हुन् गाउँ घरमामा प्राय भट्टीमा प्रयोग गरिने रमाईला शब्दाहरुलाई संगीत बद्ध गरी उक्त गीतको भिडियो बजारमा आएको हो गीतले बोलेको शब्दलाइ भिडियोमा उत्तिकै मजेदार तरीकाबाट प्रस्तुत गरिएकोछ भन्छन गायक भाट ।

गायक भाट भन्छन मैले पहिलो आफ्नो गीतिएल्बम एल्बम ‘बैगुनी निर्माया’ २०६० सालमा त्यसपछि ‘काँडा’ र अहिले २०७६ मा ‘झम्के पानी’ बोलको गीत बजारमा ल्याए केहि समय संगीतबाट ज्ञाप लिए पनि संगीत भनेको मेरो रगरगमा छ त्यसैले मरणोपरान्त संगीत छोड्न सकिंदैन ।

गायक/संगितकार अमर भाट
मैले प्राय गीतहरु सुन्दा गायक राम कृष्ण ढकाल,नारायण गोपाल, जीवन शर्मा, तारा देबि, अरुणा लामा। जस्ता गायक गायिकाहरुको गीतहरु सुनेर गीत गाउन सिकेको हुँ । मलाइ वहाँहरु मन पर्ने गायक गायिकाहरु हुनुन्छ । मेरो प्रेरणा स्रोत अदर्णिय गुरु दिपक सिंह ‘कालिकोटे’ हुनुन्छ । २०५५ बाट २०६० सम्म मैले शाश्त्रिय संगित सिकेको हूँ । बाद्य बादनमा म बाँसुरी ,सारङी, मादल, तबला, किबोर्डहरु राम्रै बजाउँछु
२०६३ देखि २०६८ सम्म लन्डन पढ्न गएकोले थोरै समय संगीत क्षेत्रबाट पर भए तर संगीतबाट अलग भने थिइन ।

अहिले सार्वजनिक भएको गीत (झम्के पानी) गीतमा शब्द संगीत स्वर मेरो आफ्नै रहेको छ भने, गीतमा संगीत संयोजन सुरेश सेन्चुरी’को रहेको छ ।
गीतको भिडियोमा निर्देशन मेरो आफ्नै रहेको छ छायांकन / भिडियो सम्पादन सन्तोष बश्याल’ तथा नृत्य निर्देशन अन्जु थापा मगर’को रहेको छ। गीतको भिडियोमा अमर भाट अन्जु थापा , विजय बिक्रम, खिम, रमेश ,नारायण’को संयुक्त रुपमा अभिनय रहेको छ । गीतको भिडियोलाई रानी महल मल्टीमिडिया’ले निर्माण गरेको हो। गीतको भिडियोलाई गायक अमर भाट’को यूट्युब च्यानलमा हेर्न सकिन्छ ।


Your Views
Related News