काठमाडौँ। केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ भनेर धेरै जनाले १९९१ मा सोलुको फाप्लुमा जन्मेकी पेमा लामालाई यही प्रश्न सोध्छन्। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरूलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा साहस बढ्छ र गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरूले महिलाहरूले पाइलटको पेसा अपनाउनुलाई बेलाबेलामा अझै पनि आश्चर्यको रूपमा लिने गर्दछन्।

तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।उनी २०१२ देखि बुद्ध एयरमा पाइलटको रूपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरूले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर +२ अध्ययन गरेकी पेमा हाल साहसिक पाइलट को रूपमा परिचित छिन्।


Your Views
Related News