विषादी परीक्षण झुकेर, दबाबमा परेर रोकेको होइन : प्रधानमन्त्री” काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण रोकेकोमा सरकारको तिव्र आलोचना हुन थालेपछि प्रधानमन्त्रीले रोक्नुपर्नाको कारणबारे आफ्नै पार्टीको दल वैठकमा स्पष्टिकरण दिएका छन् । आफ्नै सांसदहरुले विषादी परीक्षणमा सरकार भारतसामु झुकेको आरोप लगाएपछि ओलीले यस सम्बन्धमा प्रष्टिकरण दिनु परेको थियो । सांसद कालिबहादुर मल्ल लगायतले विषादीको राष्टिय /अन्तराष्टिय सीमा नहुने र विष भनेको विष नै हुने भन्दै प्रधानमन्त्रीको जावाफ माग गरेका थिए । ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापन नभएपछि सरकारले तयारी गरेर परीक्षण गराउने बताएका थिए ।ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको स्पष्ट पारे । ‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन’, प्रधानमन्त्री ओलीले भने –‘मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारी बिना यस्तो भयो । त्यस कारण अलिकति समस्या प¥यो । हाललाई यसलाई छोड्नु प¥यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति ।संसदीय दलको बैठकमा भारतबाट आउने तरकारीमा भएको विषादी परीक्षणको सम्बन्धमा प्रधानमन्त्री ओलीको भनाइ जस्ताको त्यस्तै :हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति । जाँच्ने नै तपाईसँग छैन.भने जाँच्न पर्छ भनेर के गर्नु हुन्छ ? त्यो जाँच्ने हामी भर्खर स्थापना गर्दै छौं अनि, स्थापना हुदैँछन् जाँच केन्द्रहरु ।त्यस कारण अहिले त्यो पर्याप्त अवस्था नभइकन, हामीले हाम्रो देश भित्र पनि अघि एक जना साथीले भन्नु भयो, विषको सीमा हुदैन भित्रको भएपनि विष हो, बाहिरको भएपनि विष हो । विषादीयुक्त खानेकुरा खान हुदैन । जनतालाई खान दिन हुदैन तर विषादीयुक्त बिक्री हाम्रा पनि भएका छन् भने हामीले त्यो जाँच्न सकिराखेको अवस्था छैन् । त्यो वास्तवमा के हो भने हामीले नसक्ने गरी, त्यो परीक्षण गर्न नसक्ने अवस्थामा भयो । तसर्थ यसमा हामी स्पस्ट हुन जरुरी छ । यहाँ निर हामीले केही झुकेर, दबाबमा परेर आदि, इत्यादी भन्ने कुरा होइन ।त्यो भन्दा हामीले यो संयुक्त चेक पोष्टहरु राख्यौं, ति चेक पोष्टहरु एउटा चल्यो । विराटनगरमा सुरु हुदैछ । अरु बनिसकेको छैनन् । चालु नै छैनन् । यस्तो स्थितिमा जब संयुक्त चेक पोष्ट र जाँचका सामग्रीहरु त्यो अवस्था तयार भइसकेको छैन भने हाम्रो हतारो साथ अलिकति गरिएछ भन्ने कुरा हामीले ठान्नु प¥यो । त्यस कारण हतारो भएको कुरालाई महशुस गरेर नै मन्त्रालयले त्यो प्रस्तावहरु ल्याएर, त्यो प्रस्तावलाई क्वाविनेटले पास ग¥यो । इच्छा मात्र गरेर हुदैन कतिपय कुरो । तर त्यो लागु भइहाल्ने स्थिति अलिक नभएको हो ।


Your Views
Related News