काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ ।कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजेबाट सुरु हुने छ ।बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हने नेताहरुले बताएका छन् ।बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । नियमावली पारित भएपछि मात्र पार्टीका संरचना निर्माणको बाटो खुल्ने छ ।बैठक बस्नुअघि पनि दुवै पक्षका नेताहरूले आ–आफ्नो तयारी गरेका छन् । देउवापक्ष पार्टीका संरचना सहमतिका आधारमा निर्माण गर्ने पक्षमा रहे पनि पौडेल पक्ष निर्वाचनको पक्षमा देखिएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी विधान र संविधानको व्यवस्थाअनुसार नै संरचना निर्माण हुने बताए ।