काठमाडौं, २२ असार । भारतको मुम्बईमा बन्धक बनाएर राखिएका साढे ९ महिनापछि ५ जना दलित किशोरको उद्दार गरिएको छराम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको हो ।पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काइएको आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित भएको छ ।उद्दार गरिएका किशोरहरुमा सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदाय रहेका छन् ।समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्‍यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले भनिन् ।लहान–१३ सरस्वती गाउँका रवि महतोले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने काम दिलाउने आश्वासन दिएर भारत लगेको पीडितले बताएका छन् ।

Your Views
Related News